सँस्कार र ब्यवहार परिवर्तनमा समस्या

सामाजिक संरचना फरक प्रकृतिको होला वा छ भनेर ब्याख्या र बिश्लेषण जतीसुकै भएपनि गहिराइमा पुगेर अध्ययन र बिश्लेषण हेर्ने हो भने भनेजस्तो परिबर्तन र सुनेजस्तै बिभेद भएको देखिदैन् ।
अहिलेपनि दुर्गम गाउँहरुमा मात्र हैन सुगम स्थानहरुमा पनि बिभिन्न परम्परागत सँस्कृतिहरु कायमै रहेका छन् जसलाई कतिपय अधिकारको भाषामा हिंसा र अपहेलना भनेर भनिदै आएको छ । हरेक मानिसहरुले अवलम्वन गरेको एउटा धर्म वा सँस्कृति   रहेकै हुन्छ । सामाजिक संरचना मुल्य र मान्यता सँगै रिति  र सँस्कार कायमै रहेको हाम्रो समाजले कतिपय परम्परागत कुराहरुको तत्कालै निराकरण गर्न सक्ने देखिदैन् ।
त्यही सँस्कृति भित्र देखिएका धेरै राम्रा   कुराहरुभित्र केही नराम्रा कुराहरु रहेका छन् त्यस्ता कुरालाई बिस्तारै बिस्तारै समाज    परिवर्तन सँगै अवश्य परिवर्तन हुने देखिन्छ । अहिले जिल्लामा चर्को बहस बनेको छाउपडी प्रथाले पश्चिम दैलेखका महिलाहरुलाई    अलि धेरै अन्याय गरेको भन्दै राकमकर्णाली गाबिसलाई छाउपडी मुक्त गाविस घोषणा   गरिएको छ ।
महिनावारी भएका महिलाहरुलाई अलि धेरै बिभेद गरिएको भन्दै छाउगोठ भत्काउने देखिका विभिन्न अभियानहरु संचालन गरिएका छन् तर उक्त स्थानका मानिसहरुले पुज्ने देवताको बिषयमा वकालत र पैरवी गर्ने काम भयो कि भएन् ? यस्ता मसिना कुराहरुको समेत मध्यनजर गरेर छाउपडी मुक्त हैन् , छाउगोठ व्यवस्थित र महिनावारी भएका महिलाहरुलाई पहिला सुरक्षीत स्थानमा बस्ने व्यवस्था मिलाउँदै त्यसपछिका केही बर्षहरुमा अवस्य पनि यो समस्या हराउँदै जाने देखिन्छ । नत्र कागजमा मात्रै घोषणा छाउगोठको पीडा उस्तै भएपछि कसलाई के भन्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार